अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

बहुविवाह मुद्दामा शिल्पा पोखरेल छुटिन्, छविराज ओझा अझै फरार

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:४१ मा प्रकाशित

बहुविवाह मुद्दामा नायिका शिल्पा पोखरेल साधारण तारेखमा छुट्नुभएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बहुविवाह मुद्दा लागेकी पोखरेलविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि पोखरेल शुक्रबार सुटुक्क अदालत जानुभउको थियो ।

निर्माता छविराज ओझा र पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हाल्नुभएको थियो । बहुविवाह मुद्दामा फरार रहेपछि दुबैलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएका निर्माता ओझा भने अदालत जनाुभएको छैन ।

पोखरेल ओझाकी कान्छी श्रीमती हुनुहुन्छ । केही समयअघि उनीहरूबीचको सम्बन्ध कटुतापूर्ण भएपछि विवाद प्रहरीमा पुगेको थियो। ठिक त्यहीबेला हेमाले दुबैविरूद्ध अदालतमा मुद्दा हाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू