अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

नेपाली मूलका वैज्ञानिक डा. झा अमेरिकामा सम्मानित

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:२० मा प्रकाशित

नेपाली मूलका युवा बैज्ञानिक डा. सतिशचन्द्र झा अमेरिकामा सम्मानीत हुनुभएको छ । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा. झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

उहाँ इन्टेल संस्थामा आबद्ध हुनुहुन्छ । इन्टेल कर्पोरेसन (संस्था)ले उहालाई सम्मान गरेको हो । झा लाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेको बताईएको छ । यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान र आविष्कारहरूले नयाँ र उदाउँदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा. झा वायरलेस सञ्चार सञ्जाल र प्रविधिको क्षेत्रमा विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता मानिनुहुन्छ ।

उहाँको ११० भन्दा बढी आविष्कारहरू अमेरिकामा प्याटेन्टको रूपमा दायर र स्वीकृत भएका छन् । हाल उहाँ वरिष्ठ अनुसन्धान बैज्ञानिकको रुपमा अमेरिकाको बिश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया