अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:०१ मा प्रकाशित

सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक भएको छ । भरतपुरमा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाहरुका लागि आयोजित एक वृहत चेतनामुलक कार्यक्रममा म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक गरिएको हो ।

मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुको अभिभावक तथा अग्रज समाजसेवीहरुबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त म्युजिक भिडियोले संसारमा मानव सेवा नै ठूलो सेवा भएको र मानवीय सेवामा जस्तो आनन्द अरुमा पाइँदैन भन्ने सन्देश दिन खोजेको छ । मानिस धन सम्पत्तिले मात्र सम्पन्न हुन नसक्ने भाव गीतमा सुन्न र देख्न सकिन्छ । विशेषतः सामाजिक अगुवाहरुलाई उत्प्रेरित गर्न गीतकार नरेश कुमार प्रधानले गीतको सिर्जना गरेका हुन् ।

गीतमा गायिका बुनु श्रेष्ठको स्वर, सजल न्यौपानेको संगीत सिर्जना तथा विएन निराकारको संगीत संयोजन रहेको छ । गीतलाई माष्टरिङ तथा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । म्युजिक भिडियोमा नायिका वर्षा राउत र नायक गजित विष्टको मुख्य भूमिका रहेको छ । गम्भीर बिष्टको निर्देशनमा निर्माण भएको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने सुवोल थापाले सह–निर्देशन तथा नविन निरौलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू