अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

वीरगन्जमा नेपाली चलचित्र महोत्सव सुरु

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३४ मा प्रकाशित

वीरगन्जमा आजदेखि तीनदिने नेपाली चलचित्र महोत्सव सुरु भएको छ । ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ सुरु भएको महोत्सवमा नेपाली र भोजपुरी भाषाका गरी ६ वटा चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिनुभयो ।

महोत्सव शुभारम्भ पूर्व आज वीरगन्जमा झाँकीसहित र्याली निकालिएको थियो । नेपाली भूमीमा चलचित्र निर्माण थालिएको ५३औं वर्ष पुगेको अबसरमा नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकको छ ।

चलचित्र महोत्सवमा नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकार सहभागी भएका छन् । महोत्सवको औपचारिक उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको थियो । सो अवसरमा उहाँले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको नेपाली चलचित्र जगत्त लाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया