अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

न्युयोर्कको अल्बानी शहरमा छठ पर्व सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ९:१२ मा प्रकाशित

सात समुद्र पारी अमेरिकाको हाड जमाउने जाडोमा लोक आस्थाको महापर्व छठ मनाइएको छ । यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेसी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेसी समाज, अमेरिकाका मधेसी युवाहरूद्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजन गरेका थिए । 

“नहाय खाए” बाट सुरु भएको पर्व ४ दिनसम्म विभिन्न पूजा-आजा गरेर मनाइयो। २ नोभेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताउँदै सूर्यलाई र ३ नोवेम्बेर बिहान का दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो।

अमेरिका, नेपाल, भारत , बङ्गलादेश, पाकिस्तान लगायत विश्वभरि छठ पर्वमा आस्था राख्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो। छठ व्रती सिम्रौनगढ निवासी निर्मला सिंह र रौतहट निवासी फुला देवी पोखरामा गएर सूरुज देवलाई अर्घ्य दिनु भयो । हाड जमाउने जाडोका बिच पनि करिब २०० जनाले सूर्य भगवानको दर्शन गर्नु भयको थियो।

विश्वमा नेपाली मधेसी संस्कृति र कला-पहिचानको संवर्धनका लागि न्यु योर्क अल्बानी मधेसी समाज, र छठ पर्व का संयोजक प्रशान्त साह को अगुवाइमा ५१ सदस्यीय कमिटी बनाइएको थियो। विभिन्न कार्यक्रम मार्फत नेपाली मधेसी संस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेस मा हर सम्भव सहयोगको प्रतिबद्धताका लागि न्यु योर्क अल्बानी मधेसी समाज, अमेरिका सधैँ साथ रही रहने कुराको जानकारी विजय चन्द्रले गराउनु भयो ।

VIDEO

प्रतिक्रिया