अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

बलात्कार आरोपमा हिरासतमा रहेका विद्यार्थी नेता राई बर्खास्त

बिआरटीनेपाल २०७६ कार्तिक १२ गते २०:५७ मा प्रकाशित

काठमाडौँ, १२ कात्तिक । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका विद्यार्थी नेता बर्खास्त भएका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका हुन् ।

आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरिएको जानकारी दिए ।
अनुशासनको पालना नगर्ने जोकोहीलाई पनि कारबाही हुने कुरा विज्ञप्तिमा उल्लेख छ ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाउने लगत्तै प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो । आरोपित राईलाई भने मङ्गलवार बिहान ६ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू