अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

प्रादेशिक सङ्गीत यात्रा इटहरीमा मेलिनाले नचाइन

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ९:२३ मा प्रकाशित

इटहरी – रातो टिका निधारमा टलक्कै टल्कियो गुनगुनाउँदै शुक्रवार साँझ करिब नौ बजे इटहरी स्थित जनता स्कुलको मैदानमा नेपाल आइस प्रादेशिक सङ्गीत यात्राको स्टेजमा अहिलेकी सर्वाधिक व्यस्त तथा चर्चित गायिका मेलिना राई देखापरेपछि सम्पूर्ण दर्शकहरू रात कटेको प्रवाह नगरी उनलाई हुटिङ गर्दै स्वागत गर्न थाले ।

दोस्रो पटक इटहरी आएकी मेलिना पनि दर्शकको साथ पाएपछि आफू एकदमै बिरामी भएको भन्दै आज म भन्दा नि बेसी तपाइहरूले गाएर साथ दिनुपर्छ है भन्दै म बजाउँछु मुरली फिरिरि नाच फिरिरि बाट कार्यक्रम को सुरुवात गरिन । सुरुमा बिरामले निक्कै अप्ठेरो गरी गाउँदै गरेकी गायिका मेलिना गाउँदै गएपछि लगातार डेढ घण्टा सम्म नाइँ नभन्नु ल . पिरतीको मिठो तिर्शाना , परि जस्तो उड्न पाए , टिक टकमा , माछीले खाने खोलिएको लेउ ,कुटुमा कुटु सुपाडी दाना जस्ता आफ्ना १ दर्जन भन्दा बढी गीतहरू गांईन भने दर्शकहरूले पनि मेलिना सँगै नाच्न र गाउनमा भरपुर साथ दिए । २-३ वटा मात्र गीत गाउँछु भनेको स्टेज चढेपछि दर्शहरूको साथ देखेर नगाइ निस्कने सकिन -मेलिनाले कार्यक्रम पछि भनिन ।

साढे सात बाट सुरु भएको कार्यक्रमको सुरुवातमा धरानमा आयोजन भइरहेको स्टेट वन सिन्गिंग आइडलका प्रतिस्प्रधीहरु सुदेश राई , जस्मिन बराल , शोभा तामाङ र हिमाल मगरले आफ्नो गायन प्रस्तुत गरेका थिए ।

त्यस्तै एक दशक अघि अहिले सम्म अन्डरग्राउन्ड हिट गीत गए मेरा गाँजा खाने दिनहरूका गायक सौरभ भट्टराईले उक्त हिट गीत सँगै आफ्ना अन्य गीतहरू सुनाएका थिए भने गायक एपी शेर्पाले सम्झनाले आजभोलि , सेलोमा , आगे आगे र बारी जमुना गीत प्रस्तुत गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम सञ्चालन इक्सा मादेनले गरेकी थिइन ।

नेपालको संविधानले गठन गरेको सात वटा प्रदेशको मुख्य ७ वटा सहरहरूमा सङ्गीतको माध्यमबाट मनोरञ्जन दिने अभिप्रायले नेपाल आइसको प्रयोजनमा नेपाल आइस प्रादेशिक सङ्गीत यात्रा कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख सहर बुटवलबाट गत चैत्र मा सुरु गरिएको थियो र प्रदेश न . १ को इटहरीको यो दोस्रो कार्यक्रम हो । अब छिट्टै बाँकी प्रदेशको मुख्य सहरहरूमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

प्रतिक्रिया