अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

चाबहिलमा घर भत्काउँदा घाइते भएका एक जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ७:३६ मा प्रकाशित

काठमाडौं: चाबहिल स्थित मूल सडकमै घर भत्किउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदिपकुमार सिंहका अनुसार घाइतेमध्ये २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो। तामाङको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। भर भत्काउने क्रममा घाइते भएका मध्ये दुई जना घर फर्किसकेका छन् भने अर्का एक घाइतेको उपचार भइराखेको छ। मृतक तामाङ सोही घर भत्काउन खटेका मजदुर हुन्। बुधवार दिउँसो घर भत्काउने क्रममा घरले पुरिएर उनी गम्भीर घाइते भएका थिए। अन्नपूर्णपोस्टबाट

Photo Source: Prabin Ranabhat, Pahilopost

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू