अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 10:08

टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिनुभएको छ । टर्कीले उत्तरी सिरियामा सैन्य कारवाही जारी राखेको भन्दै राष्ट्रपति ट्रम्पले उसका अधिकारीहरुविरुद्ध प्रतिवन्ध लगाउनेसमेत बताउनुभयो । राष्ट्रपति ट्रम्पले टर्कीका सरकारी अधिकारी, निकावय वा सहयोगीमाथि प्रतिवन्ध लगाउन आदेश दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेइले जारी गरेको विज्ञप्ती अनुसार टर्कीका रक्षामन्त्री हुलुसी आकर, गृहमन्त्री सुलेमान सोयलु र उर्जा मन्त्री फाती डोन्मेजलाई अमेरिकी विभागको निषेधाधिकार ब्ल्याकलिष्टमा राखिएको छ । अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गरिएको छ भने अमेरिकी नागरिक वा संस्थासँग भएको लेनदेनमाथि पनि प्रतिवन्ध लगाइएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा टर्कीले कुर्दविरुद्ध फौजी कारवाही सुरु गरेर आफ्नै मुलुकको अर्थतन्त्र तहसनहस पार्न लागिपरेको टिप्पणीसमेत छ । अमेरिकाले उक्त क्षत्रेबाट सेना फिर्ता बोलाएपछि बुधबार टर्कीले कुर्द लडाकूमाथि उत्तरी सिरियामा आक्रमण सुरु गरेको हो । टर्कीको उक्त कदमको अमेरिकालगायत विभिन्न देशहरुले विरोध गरेका छन् ।

1175235427

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू