अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

फ्राइडे रिलिज– ‘छ माया छपक्कै’

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:३७ मा प्रकाशित

फिल्म ‘छ माया छपक्कै’ शुक्रबार बाट रिलिज भएको छ । यसअघि फिल्मको ‘जूनको जुनेली’ बोलको गीत रिलिज भइसकेको थियो । दीपेन्द्र लामाको निर्देशन रहेको ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङलगायतको प्रमुख भूमिका छ। राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको फिल्मले ‘छक्का पञ्जा’ भन्दा फरक शैलीमा रहेको निर्माण पक्षले जनाएको छ।

दीपेन्द्र लामाको निर्देशन, दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ। रोहित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन्।

दीपकराज गिरीको पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले मिलेर संवाद तयार पारेका छन्।

प्रतिक्रिया