अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

बर्दिबासमा दसैँ विशेष ‘बर्दिबास फेस्ट’को दोस्रो सिजन सम्पन्न

बिआरटीनेपाल २०७६ असोज १९ गते ९:५० मा प्रकाशित

इटहरी, एल एन्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन सो २०७६ को दोस्रो सिजन सम्पन्न गरेको छ । यस फेसन सोमा ८ वर्ष देखि ३० वर्ष उमेर समूहका युवा युवतीहरूले र्‍याम्प गरेका थिए । जसमा २१ जना युवायुवतीहरूले विभिन्न भेषभुषाका पहिरनहरूमा फेसन सो गरेका थिए । फेसन सोमा फोटो प्रतियोगिताबाट प्रथम चन्दन शाह, फर्स्ट रनर अप अनीश दाहाल, सेकेन्ड रन अप अर्पण भण्डारी भएका थिए । सभागीहरुलाई अन्य थुप्रै अवार्डहरू पनि दिइएको थियो । उक्त शोको लागि गेस्ट मोडलको रूपमा इटहरीका सुस्मिता श्रेष्ठ र शर्मिला दाहाल पनि उपस्थित थिए भने उनीहरूले पनि स्टेजमा र्‍याम्प नापेका थिए ।

बेस्ट फिगर, अर्गनाईजर च्वाईज अवार्ड, फोटोजेनिक अवार्ड, बेस्ट र्‍याम्प अवार्ड जस्ता थुप्रै अवार्डहरू दिइएको थियो । फेसन सोमा भाग लिने यूवायूवतिहरुलाई विभिन्न कम्पनीले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । सोमा बर्दिबासका विशिष्ट व्यक्तित्वहरूको राम्रै जमघट रहेको थियो । कार्यक्रममा ४ सय हाराहारीमा दर्शकहरूको सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय कलाकारहरू गायक तथा सङ्गीतकार कर्ण राज गिरि, मन्त्र राज, बेली डान्सर र हस्तकला, चित्रकला, कमेडीसँग सँगै विभिन्न ख्याति प्राप्त फेशन डिजाइनरका ड्रेसहरूको समेत प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनोरञ्जन दिएको आयोजकले जानकारी दिएका छन् ।

आफुुसंग लुकेर रहेको कलालाई देखाउन र बर्दिबासमा भएका युवा, युवतीहरूलाई केही सिकाउने र त्यस ठाउँको विभिन्न फेसनहरूलाई प्रस्तुत गर्ने एल एन्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक रोमियो एन केले बताए । एल एन्ड एन मोडल एजेन्सी प्रा.ली. ले यस्ता थुप्रै कार्यक्रमहरू गर्दै आएको छ । यस संस्थाले विभिन्न ठाउँहरूमा जहाँ फेसन सो भन्नाले गलत नजरले हेर्ने ठाउँमा गएर पनि फेसन शोको बारेमा बुझाएर फेसन सो गरेर सकारात्मक सन्देश दिँदै आएका छन् । अबको फेसन सो जनकपुरमा रहने आयोजकले जानकारी दिएको छ । यस कम्पनीले पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय प्रडक्ट पनि केही समय अघि लन्च गरेको थियो ।

प्रतिक्रिया