अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

सुनको मूल्य बढ्यो

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२२ मा प्रकाशित

छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ६९ हजार ८०० र तेजावी सुन ६८ हजार ५०० हजार खरिदबिक्री भएको थियो।

त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू