अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

सुनको मूल्यमा उतारचढाव जारी

बिआरटीनेपाल २०७६ असोज १० गते ९:५२ मा प्रकाशित

सुनचाँदी बजारमा सुनको मूल्य घटबढ हुने क्रम जारी छ । साताको छैठौं दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलाका पाँच रुपैयााले घटेर आठ सय ६० रुपैयाँका कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू