अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

मेसीले जिते ‘बेस्ट फिफा फुटबल अवार्ड’

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:४४ मा प्रकाशित

स्पेनिस फुटबल क्लब बार्सिलोनाका लियोनल मेसीले यो वर्षको ‘बेस्ट फिफा फुटबल अवार्ड’ जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीको मिलानमा आयोजना गरेको एक कार्यक्रममा मेसीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

अर्जेन्टाइनी खेलाडी मेसीले इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज खेलाडी क्रिस्चियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेसीले गत सिजन ५८ खेलमा ५४ गोल गरेका थिए ।

मेसीले फिफाको सर्वोत्कृष्ट अवार्ड जितेको यो छैटौं अवसर हो । यसअघि, उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । योपटक फिफा बेस्ट फुटबल अवार्डमा महिलातर्फ अमेरिकी खेलाडी मेगान रापिनोइ उत्कृष्ट बनिन् । उनले अमेरिकालाई महिला विश्वकपको उपाधि जिताएकी थिइन् । प्रशिक्षकमा पुरुषतर्फ लिभरपुलका यर्गेन क्लोप र महिलातर्फ अमेरिकाकी जिल एलिसले अवार्ड जितेका छन् ।

प्रतिक्रिया