अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

कतार एयरवेजको जहाज तीन घण्टा आकाशमा होल्ड भएको विषयमा छानबिन गर्न मन्त्री भट्टराईको निर्देशन

बिआरटीनेपाल २०७६ असोज २ गते ९:५८ मा प्रकाशित

कतारबाट आएको जहाज तीन घण्टा काठमाडौँको आकाशमा होल्ड भएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले नागरिक उड्यन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

आज कतारबाट स्थानीय समय अनुसार बिहान ३ बजेर २५ मिनेटमा उडेको जहाज साढे ४ घन्टामा स्थानीय समयअनुसार १० बजेर २५ मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण भएको थियो । दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएको भन्दै कतार एयरलाइन्सलगायतका विमानलाई आकाशै होल्ड गराइएको थियो ।

काठमाडौँ आउन १० मिनेटमात्र बाँकी छँदा उक्त जहाजले नेपाल–भारत सीमाना तथा नेपालको बारा क्षेत्रमा कयौँपटक चक्कर मार्नुपरेको थियो । जहाज आकाशमै होल्ड भएपछि एयर चाइनाको काठमाडौं उडान रद्द भयो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू