अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइयो

बिआरटीनेपाल २०७६ असोज १ गते ९:१८ मा प्रकाशित

विजयोत्सवकारुपमा मनाइने बूढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा बुधबार धुमधामँग मनाईएको छ । यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनालाई मारेपछि श्रीकृष्णका ग्वालाहरुले पुतनाको शवदहन गरेको कथन रहेकोे छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराइ बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेका खुसियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइँदै आइएको छ । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको लिंगोमा बुधबार साँझ बूढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै लुतो बाँड्ने प्रचलन रहेको छ ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । बूढी पोलेर घर फर्कनेक्रममा बाटो–बाटोमा बलेका दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरि डेउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू