अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

नेपाल एयरलाइन्स बनाउन सुधार समितिको प्रतिवेदन

बिआरटीनेपाल २०७६ असोज १ गते ८:३५ मा प्रकाशित

नेपाल वायुसेवा निगममा सुधार ल्याउन अध्ययनको लागि गठन गरिएको सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। सुधार सुझाव प्रतिवेदन बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाइएको हो।

पूर्वसचिव सुशील घिमिरेले संयोजक रहेको कार्यदलले निगमलाई सुधार गर्नको लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमले गर्न सक्ने सहायक व्यवसाय र विमान थप्ने सम्मका सुझाव दिएको छ। गत साउन २२ गते गठन गरिएको कार्यदलले ५० पृष्ठको सुझाव दिएको छ।

मन्त्री भट्टराईले कार्यभार सम्हालेसँगै नेपाल वायुसेवा निगमलाई वाह ! नेपाल एयरलाइन्स बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यदल गठनको क्रममा र प्रतिवेदन बुझ्ने क्रममा पनि उहाँले सोही विषय दोहोर्याउनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू