अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

चीन सरकारबाट किनिएका छ वटा विमान निगमलाई घाँडो

बिआरटीनेपाल २०७६ भदौ ३१ गते २३:२० मा प्रकाशित

काठमाडौँ, १ असोज । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ ।

पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् ।

अहिले निगमसँग ५६ सिट क्षमताका दुईवटा एमए–६० र १७ सिट क्षमताका चार वटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एक वटा र २०७४ मा चार वटा गरी ६ चिनियाँ जहाज ल्याएको थियो ।

निगमका चार वाई–१२ यीमध्ये तीन वटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपुर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् ।

एउटा वाई–१२ ई भने करिब ७ महिनादेखि ग्राउन्डेड छ । त्यस्तै दुईवटा एमए–६० मा एउटा मात्रै उडान योग्य रहेको समाचार आर्थिक अभियान दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू