अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

कोलोराडोकोमा पहिलो पटक इन्द्रजात्रा सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ २९ गते २२:१७ मा प्रकाशित

नेःवा खःलको आयोजनामा कोलोराडोको नर्थग्लेन शहरको पार्कमा पहिलो पटक इन्द्रजात्रा सम्पन्न भएको छ । पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन समाजसेवी श्री विष्णुभक्त श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सभापति नेःवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा नेवारी परम्पराबाट पूजा आजा तथा लाखे नाच प्रदर्शन र धिमे बाजा पनि बजाएको थियो ।

कार्यक्रममा कोलोराडो निवासी पर्वतारोही रोहित श्रेष्ठलाई सगरमाथाको सफल आरोहण गरेको भन्दै खादा र प्रमाण पत्र सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सञ्जय शाक्यले गर्नु भएको थिए भने उपाध्यक्ष श्याम श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष प्रेमकाजी श्रेष्ठले नेवार समुदायको संस्कृति पहिचान र संरक्षणको उद्देश्यले आयोजित कार्यक्रमलाई सहयोग गरेर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा सहभागीहरु नेवारी पहिरहनमा उपस्थित भएका थिए ।

नेपालमा भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतन सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। यी ८ दिनमध्ये १ दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ। प्रसादको रूपमा कथःथ्व (जाँड) खुवाउने चलन छ ।

पौराणिक कथाअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए । अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ ।

प्रतिक्रिया