अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

ज्ञानेन्द्र शाहीमाथि पत्रकार सम्मेलनमै हातपात

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:५० मा प्रकाशित

आफूलाई भष्ट्राचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन भइरहँदा शाहीमाथि हातपात भएको हो । प्रश्नोत्तरका क्रममा शाहीलाइ प्लेनमा हिड्ने खर्च कहाँबाट प्राप्त हुन्छ ? वास्तविक नाम ज्ञानबहादुर शाही भएपनि किन ज्ञानेन्द्र शाही भन्नुहुन्छ ? भन्ने लगायतका प्रश्न सोधिएको थियो ।

पत्रकार सम्मेलन भन्दा पनि शाही निकट रहेका युट्युव च्यानल सञ्चालकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा उनीहरुले आफु विद्यार्थी रहेको भन्दै प्रश्न गरेका थिए । पत्रकार सम्मेलन अगावै शाहीको कार्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पक्राउ गर्न खोजेको आशंकामा शाही र सहयोगीहरूले प्रहरीलाई पत्रकार सम्मेलन स्थलमा जान अवरोध गरेका थिए ।

प्रहरीले भने पत्रकार सम्मेलन स्थलमा सुरक्षाका लागि प्रहरी परिचालन गरेको तर आयोजकले जान नदिएकाले शाहीमाथि हातपात हुन पुगेको जनाएको छ । प्रहरीले शाहीलाई सुरक्षा खतरा रहेकाले महानगरीय प्रहरी परिसर पुल्चोकमा राखिएको जनाएको छ । शाही पक्षधरले भने नियोजित रूपमा पक्राउ गर्न खोजेको र बेपत्ता बनाएको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा शाहीले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरेपछि माहोल विग्रेको थियो । आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरिउको प्शरीले जनाएको छ । राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू