अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

न्यु योर्कमा नेपाल प्रहरीका डिआइजी विश्व राज पोख्रेलको स्वागत र भेटघाट समारोह सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ २५ गते ८:५४ मा प्रकाशित

अमेरिका भ्रमणमा रहनु भएका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महा निरीक्षक (डिआइजी)विश्व राज पोख्रेलको न्यु योर्क सहरमा स्वागत र भेटघाट समारोह सम्पन्न भएको छ। समारोहमा उपस्थित नेपाली प्रतिनिधिहरूले प्रश्नोत्तर सत्रमा सोधेको शान्ति सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरूको सबिस्तार र सहज जवाफ प्रहरी नायव महा निरीक्षक पोख्रेलले दिनु भएको छ।

प्रहरी र नागरिक समाजलाई फरक कित्तामा राखेर हेर्नु हुँदैन भन्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोख्रेलले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक समुदायको सहकार्य अपरिहार्य हुने बताउनु भएको छ। डिआइजी पोख्रेलले आफूले अमेरिकाको भ्रमण, अवलोकन र औपचारिक प्रशिक्षणबाट धेरै कुरा सिकेको र त्यो नेपालमा फर्केर लागु गर्ने प्रण गर्नु भयो।

प्रहरीले भ्रष्टाचार गर्ने आफ्नै बहाल वाला प्रहरी नायव महानिरीक्षकसम्मको उच्च पदको अफिसर लाई गिरफ्तार गरेको र तल्लो तहको स्टाफलाई रू. २०० घुस लिएकै आधारमा जागिरबाट बर्खास्त गरेको भन्दै कुनै पनि अपराध र भ्रष्टाचार गरी कानुन उल्लङ्घन गर्नेलाई जिरो टलरेण्ट नीति अन्तर्गत कार्यवाही गर्दै आएको उल्लेख गर्नु भयो।

प्रहरी नायव महानिरीक्षकपोख्रेलको टोलीका नेपाल प्रहरीको तीन एसपीहरू र बन विभागका ५ जना प्रतिनिधि मण्डल अमेरिकी सरकारको वन्यजन्तु संरक्षण सम्बन्धी एक महिने तालिम लिन आएको हो।

प्रतिक्रिया