अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

संसारभर हरेक बर्ष ८ लाख जनाद्धारा आत्महत्या –  डब्लुएचओ

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:४३ मा प्रकाशित

संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्यांकअनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।

प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख छ । विषेशगरी युद्ध, हत्या, स्तन क्यान्सरलगायतका कारण मृत्युका मुख्य कारण रहेको डब्लुएचओले सोमबार जनाएको छ । पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ ।

तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । ‘प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ,’ डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भनेका छन् ।

उनले हरेक मृत्यु मृतकका परिवारजन, साथी र सहपाठीहरुका लागि पिडादायक हुने गरेको उल्लेख गरे । तर आत्महत्या दर कम भएका मुलुकमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सवैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वभरी आत्महत्या गर्नेको संख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ ।

तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।  संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो ६ बर्षको अवधिमा ६ प्रतिशतकै दरले आत्महत्या गर्नेको संख्या बढेको अधिकारीहरूले जनाएका छन् ।

‘तपाई हामी सवैलाई थाहा छ कि अमेरिका र यस क्षेत्रमा आत्महत्याका घटना धेरै हुनुमा बन्दुक नै मुख्य कारण हो,’ डब्लुएचओको मानसिक स्वास्थ्य विभागका एक अधिकारीले पत्रकारहरूसँग भनेका छन् । उनीहरुका अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपायहरु सिक्नु पर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू