अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

७ सय ३८ पटक बलात्कार गरेको अभियोगमा एक नेपालीलाई अमेरिकामा ३३८ वर्ष जेल सजाय

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:२२ मा प्रकाशित

७ सय पटक भन्दा बढी बलात्कार गरेको अभियोगमा एक नेपालीले अमेरिकामा ३ सय ३८ बर्षको जेल सजाँय भोगिरहेका छन् । जनकपुरका अजयकुमार देवले अमेरिकी जेलमा यस्तो सजाँय भोगिरहेका हुन् ।

अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए। उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन । पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म । पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा ७३८ पटक । र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको थियो ।

अमेरिकामा पछिल्लो समय नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन् । नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन् ।

प्रतिक्रिया