अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:१५ मा प्रकाशित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । काठमाडौंमा भएको टानको ४१औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट समूहका उम्मेदवार अञ्जन थापालाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी बन्नुभएको हो । सुवेदीले ५२१ मत प्राप्त गर्दा थापाले ४३८ मत ल्याउनुभएको थियो ।

महासचिवमा भने थापा समूहकी सरिता लामा विजयी हुनुभएको छ । उहाँ अर्का प्रत्यासी कर्मा शेर्पालाई १३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा विजयी भएका छन्। उनीहरु सुवेदी समूहका हुन्।

सचिवमा भने थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ । त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित ह्नुभयो । महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुँदा सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू