अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

अमेरिका मिजुरी राज्यमा सवारी दुर्घटना: ३ नेपालीको मृत्यु, २ जना घाइते

बिआरटीनेपाल २०७६ भदौ १८ गते २०:३६ मा प्रकाशित

अमेरिकाको मिजुरी राज्यमा भएको एक सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

मंगलबार भएको उक्त घटनामा श्रद्धा खनाल ओझा, उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। उक्त घटनामा श्रद्धाका श्रीमान् प्रभाष ओझा र ४ वर्षीय छोरा घाइते भएका छन् ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभाषको अवस्था स्थिर छ भने छोराको अवस्था गम्भीर रहेको छ।

प्रभाष आफ्नो टोयोटा आरएभी ४ मा मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए। सोही क्रममा ट्राफिक बत्तीमा गाडी रोखिराखेको अवस्थामा पछाडिबाट आएको पिकअप ट्रकले ठक्कर दिएको थियो।

श्रद्धा र प्रभाश अगाडि सिटमा थिए भने अरू पछाडिको सिटमा रहेको बताइएको छ। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो।

पछाडिबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। श्रद्धाका बुवाआमा केही समय पहिला अमेरिका घुम्न थिए।

प्रतिक्रिया