अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

अमेरिकामा अगस्त २४ को तीज महोत्सवको तयारी पुरा, आयोजकले गरे सार्वजनिक निम्तो

बिआरटीनेपाल २०७६ भदौ ५ गते १०:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको संयुक्त आयोजनामा हुने तीज महोत्सव २०१९ को तयारी पुरा भएको छ । निःशुल्क प्रवेश मात्र होइन उपस्थित सबैलाई निःशुल्क रूपमा तीजको दर खुवाउने कार्यक्रम समेत रहेको उक्त तीज महोत्सवमा विशुद्ध तीजका गीतमा नाचगान गरिने छ । उक्त कार्यक्रममा आयोजकले सम्बध्द सबैलाई सार्वजनिक रूपमै निम्तो गरेकाछन ।

विगतका वर्षहरूमा झैँ यो वर्ष पनि नेपाली नारीहरूको महान् चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपाली संस्कृतिलाई फुलाउने, फलाउने उद्देश्यले आगामी August 24th Saturday, 2019 का दिन बिहान 11.30 बजे Fairfax Lorton स्थित दुर्गा मन्दिर (8400 Durga Place, Fairfax Station, VA, 22039 ) मा तीज महोत्सव हुन गइरहेको तीज महोत्सव मूल आयोजक समितिका संयोजक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको संयुक्त आयोजनामा हुने तीज महोत्सव २०१९ को तयारी भव्य रूपमा अगाडि बढेको र नाचगानमा सहभागी हुन इच्छुक महिला दिदी बहिनीहरू, ग्रुपहरूलाई यही बिहीबार बेलुकी ५ बजे सम्म सम्पर्क गर्न र नाम दर्ता गर्न आग्रह गरिएको मूल आयोजक समितिका सदस्य सचिव एवम् अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगरले बताउनुभयो ।

उक्त कार्यक्रममा सामूहिक नाच तथा गीत प्रस्तुत गर्न इच्छुक महानुभावहरूले निम्न लिखित व्यक्तिहरूलाई सम्पर्क गरेर समूहको नाम, नाच्ने गाउनेहरूको नाम र गीतको बोल टिपाउन आग्रह गरिएको छ ।

सम्पर्क व्यक्ति:
प्रभा देउजा – 571-331-5412
मुकुन्द कोइराला – 571-355-2676
भूपनारायण घर्ती मगर – 571-217-6782
पवन ओली – 347-685-5880
रामप्रसाद खनाल – 703-419-0924
(वा तीज महोत्सव मूल आयोजक समितिका सदस्यहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ ।)

निम्न मापदण्डहरूको पालना ( ख्याल) गर्नु हुन पनि सम्बन्धित सबैमा सादर अनुरोध गरिएको छ :
१:- गीत ठेट तीजको लय र भाकामा शालीन र शिष्ट हुनु पर्नेछ।
२:- नाच्दा तीजको पहिरनमा ( साडी, लेहङ्गा, कुर्तासलवार वा नेपाली समुदायका परम्परागत पहिरनमा) हुनु पर्नेछ।
३:- सबै नाच तथा गीत अप्रतियोगी हुने छन् । इच्छुक सबैलाई मौका प्रदान गर्नु हाम्रो कर्तव्य हुनेछ ।
४:- नाचको समूह कम्तीमा २ जनाको र गीतको समूह कम्तीमा ४ जनाको हुनु पर्नेछ। बढीमा २० जना सम्मले गीत गायन वा नाचमा भाग लिन सक्नुहुने छ ।
५:- नाच्ने समूहले आआफ्नो गीतको सिडी वा पेन ड्राइभमा वा इमेलमा सम्पर्क व्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

६:- गाउनेहरूले Music Track मा गाउने भए आआफ्नो Music Track सिडी वा पेन ड्राइभमा वा इमेलमा सम्पर्क व्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।
७:- नाच र गीत प्रस्तुत गर्नेहरू बिहान १०•३० सम्ममा कार्यक्रम स्थल पुगी सक्नु पर्ने छ। ढिलो भएर पालो छुटेको खण्डमा स्वयं जिम्मेवार हुनु पर्नेछ। उदघोसकले आफ्नो पालोमा बोलाउँदा यदि तपाईँ छुट्नुभयो भने पछि प्रस्तुतिमा पनि छुट्न सक्नुहुन्छ । त्यसैले कृपया उदघोसक सँग सम्पर्कमा रही आफ्नो पालोमा नछुट्नु होला ।
८- पहिलै नाम टिपाएका ग्रुपहरू सँगै बिच बिचमा सबैलाई समेट्ने गरी उदघोसकले आमा दिदी बहिनीहरू र साथमा दाजुभाइहरूलाई पनि नाच्न मञ्चमा या अगाडि बोलाउने छन् र उपस्थित जो कसैलाई पनि नाच्न गाउन भरपुर आनन्द लिन अवसर दिइनेछ ।

९- कार्यक्रम हलमा नाम टिपाइए अनुसार क्रमशः नाच्न गाउन बोलाइने छ । कृपया आयोजकहरूलाई भनसुन गर्ने वा मेरो पहिला राखिदिनुसन भन्ने कुरालाई हार्दिकताका साथ निरुत्साहित गर्न चाहन्छौँ ।
१०- नाच गानका लागि ग्रुप वा व्यक्तिहरूलाई कम्तीमा २ मिनेट र बढीमा ५ मिनेट भित्रको समय उपलब्ध गराइने छ । गीत लामो भएमा बिचमै काटिने छ किनकि हामी सबैलाई मौका र प्राथमिकता दिन चाहन्छौँ ।

११- तीज महोत्सवका दिन सके सम्म नेपाली पन झल्किने पहिरन, नेपाली राष्ट्रिय पोसाकमा उपस्थित हुन सबैलाई विनम्र आग्रह गरिन्छ । त्यस मध्ये आयोजकको मूल्याङ्कनमा सबै भन्दा राम्रो नेपाली पहिरनमा आउने एक जना महिला, एक जना पुरुष, एक एक जना बालबालिकालाई मायाको चिनो प्रदान गरिने छ ।
१२- नेपाली मौलिक पन, कला, संस्कृति, गीत सङ्गीत हाम्रा धरोहर हुन, सम्पत्ति हुन । यिनको जगेर्ना र विकास हाम्रो कर्तव्य हो त्यसैले आउनुस् सबै मिली तीज महोत्सवलाई भव्य र सभ्य रूपमा सफल पारौँ भनी आयोजकअले आग्रह गरेका छन् ।

तीज महोत्सवमा निःशुल्क प्रवेश दिइने छ भने दिनभर दुर्गा मन्दिरमा दर्शन र पूजाआजाको पनि व्यवस्था गरिएको छ । तीजका गीतहरू गाउने, नाच्ने, तीज सँग सम्बन्धित विभिन्न प्रस्तुति गर्ने उक्त तीज महोत्सवमा आगन्तुक सबै दिदी बहिनी दाजुभाइहरूलाई आयोजकहरू अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको तर्फबाट निःशुल्क दर ( तीजको भोज ) खुवाउने व्यवस्था गरिएको छ ।

तीज महोत्सव अगस्त २४ तारिख शनिवार बिहान ११ बजे देखी सुरु हुनेछ । वाशिङ्गटन डिसी, भर्जिनिया, मेरिल्यान्ड लगायतका अन्य क्षेत्रमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सार्वजनिक रूपमा निम्तो गरिएको यो कार्यक्रम अमेरिकाकै ठुलो कार्यक्रम मानिन्छ ।

सन २००८ मा रामप्रसाद खनालको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका स्थापना भए देखिनै उक्त संस्थाले हरेक वर्ष गर्दै आएको यो तीज महोत्सव अमेरिकामा ब्राण्डका रूपमा स्थापित छ । राम्रो कुराले राम्रै कुरा जन्माउँछ भनेझैँ अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले गर्ने तीज महोत्सवको सिको गरेर अहिले अमेरिकाका विभिन्न राज्य र सहरमा विभिन्न संस्थाहरूको पहलमा यस किसिमका तीज महोत्सव र अन्य कार्यक्रम गरिँदै आएकाछन । यति मात्र होइन अमेरिका बाहिर अन्य देशमा पनि अमेरिकाको यसै महोत्सवको सुरुवात पछि यस किसिमका तीजका कार्यक्रमहरू बाक्लो आयोजना हुन थालेका हुन ।

स्मरण रहोस् केही समय अघि आयोजित एक भेला बाट आयोजक दुवै संस्थाका निम्न उल्लिखित पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, प्रबुद्ध महानुभावहरू र चन्दा दाता महानुभावहरू सबै आयोजक हुने गरी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष एवं अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका निवर्तमान अध्यक्ष श्री रामप्रसाद खनालको संयोजकत्वमा निम्न बमोजिम मूल आयोजक समिति गठन गर्ने निर्णय गरिएको थियो र सोही बमोजिम कार्य सम्पादन हुँदै आएको छ ।

१:- रामप्रसाद खनाल——सँयोजक
२:- भुपनारायण घर्तिमगर—– सदस्य-सचिब
2.1   प्रेमराजा महत ————सदस्य
३:- बिजया शाह————-सदस्य
४:- प्रभा देउजा————–सदस्य
५:- अम्बिका गुरूड़्ग——– सदस्य
६:- डा• रघुनाथ अर्याल ——–सदस्य
७:- अरूण रूपाखेति———सदस्य
८:- रजनी श्रेष्ठ—————सदस्य
९:- पुष्कर पन्त————–सदस्य
१०:- पुरू सुबेदी————-सदस्य
११:- भीम रेग्मी————–सदस्य
१२:- बन्दिता दाहाल ———-सदस्य
१३:- बासु सत्याल———–सदस्य
१४:- बिष्णु कुमारी थापा ——-सदस्य
१५:- निलकण्ठ सुबेदी——–सदस्य
१६:- डा• अञ्जु शर्मा———सदस्य
१७:- खगेन्द्र थापा————सदस्य
१८:- लोक कुमारी सुबेदी—–सदस्य
१९:- सारङ्गा श्रेष्ठ————-सदस्य
२०:- अनुपमा प्रसाँई———-सदस्य
२१:- पूजा लामा————–सदस्य
२२:- नबिन के सी —————सदस्य
२३:- लुना श्रेष्ठ—————-सदस्य
२४:- कृष्ण मुरारी ढुङ्गेल ——-सदस्य
२५:- मनोज आचार्य ————-सदस्य
२६:- कृष्ण देवकोटा ————-सदस्य
२७:- श्याम सुन्दर —————सदस्य
२८:- निता श्रेष्ठ—————-सदस्य
२९:- गोविन्द मैनाली ————सदस्य
३०:- मन्दिरा मैनाली ————सदस्य
३१:- सुरेश दर्पण पोखरेल ——सदस्य
३२:- जल शाह ——————सदस्य
३३:- गणेश उप्रेति —————सदस्य
३४:- राजिब मैनाली ———–सदस्य
३५:- सुनन्दा मैनाली———-सदस्य
३६:- बन्दिता दाहाल———–सदस्य
३७:- श्याम नेपाली ————–सदस्य
३८:- सुनिता अधिकारी——–सदस्य
३९:- सुनिता खत्री————- सदस्य
४०:- कल्पना सत्याल———-सदस्य
४१:- पवन ओली————–सदस्य
४२:- कृष्ण अधिकारी———-सदस्य
४३:- संगिता पन्त—————सदस्य
४४:- गोमा न्यौपाने————–सदस्य
४५:- निरा शर्मा—————–सदस्य
४६:- रबिन्द्र भक्त श्रेष्ठ ———–सदस्य
४७:- कल्पना सुबेदी————-सदस्य
४८:- रोजा ओली—————सदस्य
४९:- सुजना ढकाल————-सदस्य
५०:- बिमला थापा—————सदस्य
५१:- सन्देश शर्मा —————–सदस्य
५२:- भानु काफ्ले ————-सदस्य
५३:- जगत सुबेदी —————–सदस्य
५४:- भोला पौडेल —————–सदस्य
५४:- कुन्दन सुबेदी —————–सदस्य
५५:- दामोदर सुबेदी —————सदस्य
५६:- सुरेश महतो ——————-सदस्य
५७:- सुरेश ज्ञवाली —————–सदस्य
५८:- श्याम सिन्त्याङ ————–सदस्य
५९:- होमनथ भुसाल —————सदस्य
६०:- बिबश महतो ——————सदस्य
६१:- राजु बोगटी ———————सदस्य
६२:- राज आचार्य ——————-सदस्य
६३:- राजेश थापा ( टिका )——-सदस्य
६४:- लक्ष्मी दाहाल —————सदस्य
६५:- राम गौतम——————सदस्य
६६:- गीता पौडेल ——————-सदस्य
६७:- सुमित्रा शर्मा ——————–सदस्य
६८:- राम शरण पौडेल —————-सदस्य
६९:- रविन पुडासैनि ——————-सदस्य
७०:- ध्रुब पोखरेल ———————-सदस्य
७१:- ठाकुर जवली ——————–सदस्य
७२:- सशान्त सिन्त्याङ————–सदस्य
७३:- सुनिल मणी दाहाल————-सदस्य
७४:- डा•बिष्णु घिमीरे—————-सदस्य
७५:- रामशरण हुमागाँई—————सदस्य
७६:- अनिल रूपाखेती—————‘सदस्य
७७:- हरी कृष्ण पुडासैनी————-सदस्य
७८:- मदन प्रसाँई———————सदस्य
७८:- प्रकाश नेपाल——————-सदस्य
७९:- मुकुन्द कोईराला—————–सदस्य
९०:- सकुन्तला अधिकारी————-सदस्य
९१:- दुर्गा अधिकारी——————-सदस्य
९२:- डा• होम बहादुर थापा ————–सदस्य
९३:- बिकास अधिकारी—————-सदस्य
९४:- बिप्लव खड्का——————–सदस्य
९५:- कृष्ण मुरारी पुडासैनी————-सदस्य
९६:- सुजित अर्याल——————–सदस्य
९७:- सुदिप पोखरेल——————– सदस्य
९८:- सुधा अर्याल———————–सदस्य
९९:- चेतन सिटौला ——————–सदस्य
१००:- अर्जुन दाहाल———————सदस्य
१०१:- राजेश श्रेष्ठ———————–सदस्य
१०२:- लक्ष्मी दाहाल———————सदस्य
१०:३:- राजेश आचार्य——————-सदस्य
१०४:- बिना घर्तिमगर——- —————सदस्य
१०५- डा. गुण सुबेदी – ——- —————सदस्य
१०६ – डा. अनिल सुवाल- ——- —————सदस्य
१०७- डा सुरेश बस्नेत – ——- —————सदस्य
१०८ – डा राजेश सुबेदी – ——- —————सदस्य
११०- डा सुनिल शर्मा- ——- —————सदस्य
१११- डा रेहा बस्नेत – ——- —————सदस्य
११२- डा नन्दिता सुबेदी – ——- —————सदस्य
११३ – डा राजु सेन्चुरी ——– —————सदस्य
११३ – निर्मल आत्रेय- ——- —————सदस्य
११४- डा मदन उप्रेती- ——- —————सदस्य
११५ – कृष्ण अधिकारी – ——- —————सदस्य
११६ – मन थापा – ——- —————सदस्य
११७- राम बस्याल – ——- —————सदस्य
११८- लक्ष्मी गौडेल – ——- —————सदस्य
११९- सागर कंडेल – ——- —————सदस्य
१२०- केदार तिमील्सिना – ——- —————सदस्य
१२२- बासुदेब कुँवर – ——- —————सदस्य
१२३ – निर्मल शर्मा – ——- —————सदस्य
१२५ – प्रकाश सापकोटा – ——- —————सदस्य
१२६ – जल शाह- ——- —————सदस्य
१२७- दिप्ति शर्मा- ——- —————सदस्य
१२८- मोनिका माली- ——- —————सदस्य
१३०- निर्मला गौतम – ——- —————सदस्य
१३१- ॠषिराम खनाल- ——- —————सदस्य
१३२- यमलाल श्रेष्ठ- ——- —————सदस्य
१३३- तिर्था पौडेल- ——- —————सदस्य
१३४ – रुप कार्की- ——- —————सदस्य
१३५- होमनाथ सुबेदी – ——- —————सदस्य
१३६- अनिल खनाल – ——- —————सदस्य

यसै गरी तीज महोत्सब सम्पन्न गर्न बिभिन्न उपसमितिहरु पनि निर्माण गरी काम गरिंदै आएको छ ।

प्रतिक्रिया