अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

अरोरामा तिज कार्यक्रम भव्य रूपमा मनाउने तयारी, १० भन्दा बढी डोर प्राइज

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:०३ मा प्रकाशित

विशेषतः हिन्दु धर्मावलम्बी नेपाली नारीहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा कोलोराडोको अरोरा सहरमा बसोबास गर्ने नेपाली नारीहरूमा पनि यसको कौतुहलताले छोएको छ । अरोरा बासी नेपालीले अरोरा, सेन्टेनियल तथा आसपासका सहरका नेपाली नारीहरूको छमछमी नाच्ने वर्ष दिनको अभिलाषा पुरा गरिदिने भएको छ ।

आगामी २०१९ अगस्त २५ तारिख आइतबार साँझ ५ बजे देखी ९:४५ सम्म डेनभर (9755 E Hampden Ave, Denver, CO 80231) स्थित याक एन्ड यती रेस्टुरेन्टमा आयोजना गरिएको हरितालिका तिज कार्यक्रममा सम्पूर्ण अरोरा, सेन्टेनियल तथा वरिपरिवासी नेपाली नारीहरूलाई एकैठाउमा जम्मा भएर धीत मर्ने गरी नाच्ने चाँजोपाँजो मिलाइएको कुरा आयोजक टिमले बिआरटी नेपाललाई जानकारी दिएका छन् ।

कार्यक्रममा गायक रुपेश न्यौपानेले तिजको गीत गाएर दिदीबहिनीहरूलाई नचाउने भएका छन् भने आयोजकले १० भन्दा बढी डोर प्राइजको पनि व्यवस्था गरेका छन । कार्यक्रममा प्रवेशको लागि $१२ राखिएको छ भने ८ वर्ष मुनिका बालबालिकालाई निःशुल्क गरिएको छ । आफ्नो टिकट सुरक्षित राख्न पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रमको अन्तमा उक्त टिकटमा भएको नम्बरबाट चिट्ठा खोलिने भएको छ ।

प्रवासमा बसेर नेपाली धर्म संस्कृति र परम्परालाई आत्मसाथ गर्ने परिपाटीको निरन्तरताका लागि अरोराका नेपालीहरूले विगत केही वर्ष अगाडि देखी यो कार्यक्रम आयोजना गर्दै आएको छ । सम्पूर्ण अरोरा वासी नेपाली नारी दिदी वैहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्नो मनको धोको पुग्ने गरी नाच्न आयोजक टिमले सबैलाई अनुरोध समेत गरेको छ ।

उक्त कार्यक्रमको बिआरटी नेपालले फोटो लिएर वेबसाइटमा प्रकाशित गर्ने तथा फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू