अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

कश्मीरमा भारत– पाकिस्तानबीच गोलीबारी, राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:३८ मा प्रकाशित

भारतले जम्मु कश्मीरको विशेष दर्जा फिर्ता लिएसँगै उत्पन्न समस्याको समाधान गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने भएको छ। समाचार एजेन्सी एएफपीकाअनुसार सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले कश्मीर मुद्दामा छलफल गर्न आकस्मिक बैठक बोलाएको हो। सुरक्षा परिषदको बैठकको पहिलो एजेन्डा कश्मीर मुद्दा रहेको छ। बैठकमा भारत र पाकिस्तान सीमा क्षेत्रमा भएको गोलाबारीको समेत चर्चा हुने भएको छ।

भारत(पाकिस्तान बीच यसबीचमा भएका दोहोरो गोलीबारीमा सैनिक र गैरसैनिकको मृत्यु भएको थियो। जसमा दुवै मुलुकले एक अर्कालाई दोष दिँदै आएका छन्। दोहोरो गोलाबारीका कारण पाकिस्तानका तीन सैनिकको मृत्यु भएको थियो। पाकिस्तानका गैर सैनिक पनि भारतीय सैनिकले चलाएको गोलीले मृत्यु भएको बताइएको छ। उक्त गोलीबारीमा बिहीबार मात्रै ५ भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो। जसलाई भारतले भने अश्वीकार गरेको छ।

भारतले काश्मीरको विशेष दर्ता खोसेसँगै दुई देशबीचको विवाद तीव्र बन्दै गएको थियो जसको पछिल्लो पटक सीमानामा दोहोरो भिडन्त हुन थालेको हो। अनुच्छेद ३७० लाई निस्तेज गरेको भारतले जम्मु र कश्मीरमा मोबाइल, इन्टरनेट, ल्याण्डलाइनका सम्पूर्ण संचारलाई प्रतिबन्ध गरेको छ। यो विषयलाई लिएर भारतको सुप्रिम कोर्टमा समेत मुद्दा परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू