अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ७० हजार

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:०६ मा प्रकाशित

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । विश्वभरी सुनको माग बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ अहिलेसम्मकै उच्च बनेको हो । हिजोभन्दा आज तोलामा पाँच सय रुपैयाँ बढेर सुनको भाउ ७० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

साउनको पहिलो सातादेखि लगातार उकालो लागेको सुनको मूल्य मंगलबारभन्दा बुधवार प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको थियो । साउन १ गते सुनको मूल्य ६४ हजार पाँच सय रुपैयाँ रहेको थियो । जुन साउन २३ गते आजसम्म आइपुग्दा प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ बढेको छ । जसका कारण बजारमा सुन खरिद गर्ने भन्दा बिक्री गर्ने चाप बढेको छ भने सुन बैंकमा थुप्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको तथ्यांकअनुसार, दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो । भाउ बढेसँगै अहिले दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू