अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

सम्पूर्ण भक्तजनहरूलाई हार्दिक शुभकामना: मोहन आचार्य, सांसद-रसुवा

बिआरटीनेपाल २०७६ साउन २० गते १०:४७ मा प्रकाशित

जनै पूर्णिमा तथा गङ्गा दश हरा पर्वका अवसरमा रसुवाको गोसाइकुण्डमा लाग्ने गोसाईंकुण्ड मेला आजबाट सुरु भएको छ । उक्त मेलाका अवसरमा मेला भर्न गोसाईंकुण्ड गाउँपालिका–५ गोसाइकुण्डमा आउनुभएका सम्पूर्ण भक्तजनहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

मेलाका अवसरमा मेला भर्न आउने भक्तजन कुनै पनि बाधा, व्यवधान र कष्ट नपरोस् भन्ने कामना गर्दछु । मेलामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले देश र विदेशमा रसुवालाई चिनाउन सहयोग पुगेको छ । गोसाइकुण्डमा स्नान गरौँ, पुन्य कमाऔँ ।
जय नेपाल

मोहन आचार्य
सांसद, नेपाली काँग्रेस
रसुवा

प्रतिक्रिया