अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

सम्पूर्ण आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:०२ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पार्नुभयो ।

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि दोहोर्याउनुभयो ।

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहे पनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पार्नुभयो ।सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको मन्त्री खतिवडाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू