अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

भदौको दोस्रो हप्ता पोखरामा करातेको ग्राण्ड च्याम्पियनसीप हुने

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:५० मा प्रकाशित

भदौको दोस्रो हप्ता पोखरामा कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फूल कन्ट्याक्ट कराते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरस्कार राशीको कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुल कन्टयाक्ट करातेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

नेपाल फुल कन्टयाक्ट कराते महसंघले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दमन बस्नेतले प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोश्रो पुरस्कार ५०० हजार र तेश्रो पुरस्कार २५ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तथा महिला खुल्ला तौल समूहमा प्रतिष्पर्धा हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू