अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

आज साउनको पहिलो सोमबार, भगवान शिवको पुजा आराधना

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:१७ मा प्रकाशित

आज साउन महीनाको पहिलो सोमबार । भगवान शिवको पुजा आराधना गरी मनाईएको छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको थियो ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोल्ने गरिन्छ । तर भक्तजनहरु भने बिहान ३ः ३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको थियो ।

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू