अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

साउदी अरबमा २०६ औँ भानु जयन्ती मनाइयो

बिआरटीनेपाल २०७६ साउन १ गते ६:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर र साहित्यिक चौतारी नेपाल शाखा साउदी अरबको संयुक्त आयोजनामा २०६ औँ भानु जयन्ती तथा रचना वाचन गजल महफिल, साउदी अरब स्थित रियादको रमाद होटेलको सभाहलमा विशेष कार्यक्रमका साथ भव्य र सभ्यरूपमा सम्पन्न भएको छ । 

अनेसास साउदी च्याप्टरका अध्यक्ष नवराज लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गजलकार लाल बहादुर क्षेत्री बगाले प्रमुख अतिथि, पारिवारिक समाज नेपाल साउदी अरबका अध्यक्ष एवं सृजना सांस्कृतिक समूहका अध्यक्ष तथा कास्की सेवा समाजका संरक्षक अमृत पौडेल विशेष अतिथि तथा विभिन्न सङ्घसंस्थाको प्रमुख तथा प्रतिनिहरूको आतिथ्यमा विभिन्न साहित्य स्रष्टाहरूले आ९आफ्ना रचनाहरू वाचन तथा आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै आदिकविले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा पुर्‍याउनु भएको योगदानको विषयमा चर्चा परिचर्चा गरेका थिए । अनेसास साउदीका महासचिव अरुण बेल् बासे रोजू र साहित्यिक चौतारी शाखा साउदीका महासचिव घायल तिवारी घनश्याम द्वयले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए ।

साहित्यमा रुचि राख्ने, साहित्यमा कलम चलाउने साहित्य प्रेमी नेपाली जनसमुदायको बाक्लो उपस्थितको माझ “गजल महफिलमा” साउदी अरबमा रहेका गजलकारहरू मध्ये १० जना गजलकारहरु९ ईम राना मगर “उजाड, निरु बस्नेत “निरु , प्रकाश शर्मा “पिके”अरुण बेल बासे “रोज ,लाल बहादुर थापा “बगाले”, जितु “गाउँले”, भीम बहादुर बिका, घायल तिवारी “घनश्याम”, कविराज “कञ्चन” र विमल गौतमले ५ र ५ र वटा गजल वाचन गरेर कार्यक्रमको शोभा बढाए का थिए ।

यसै कार्यक्रममा अनेसास साउदी च्याप्टरले आफ्ना आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र हस्तान्तरण गरेको थियो भने, साहित्यिक चौतारी शाखा साउदी र म्ह्ल् साउदी रियादका नेपाली समुदायले साउदी अरबको रोजगारीलाई बिट मार्दै नेपाल फर्कँदै गरेका साहित्यिक चौतारी नेपालका सल्लाहकार तथा गजलकार लालबहादुर क्षेत्री बगाललाई बिदाइ कार्यक्रम पनि राखेका थिए । पिटी अनलाइन, लालईन्टरटेन्मेन्ट र अन टाइम टिभीले कार्यक्रमको प्रत्यक्ष लाइभ प्रसारण, भिडियो रेकर्डिङ तथा फोटो ग्राफरको भूमिका निभाएका थिए ।

कार्यक्रम नेपाली राष्ट्रिय गान सँगै सुरु गरिएको थियो कार्यक्रमको स्वागत मन्तव्यमा साहित्यिक चौतारीका अध्यक्ष कविराज कञ्चनले उपस्थित सबैलाई स्वागत गर्दै भानुभक्तको स्मरण गराउँदै संस्कृतिमा रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेको भन्दै प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रममा अमृत पौडेल, दीपक रेग्मी, रुपक बाइबा तामाङ, परशुराम मिश्र र मदन ओडारी लगायत अन्य व्यक्तिहरूले मन्तव्य राख्दै आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, कला, र संस्कृतिमा पुर्‍याउनु भएको योगदानको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अनेअसास साउदी च्याप्टरका अध्यक्ष तथा यस कार्यक्रमका सभापति नवराज लामिछानेले उपस्थित सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत सबैलाई धन्यवाद दिँदै बि.स.१८७१ मा तनहुँ जिल्लामा जन्मिनु भएको आदिकवि भानुभक्त घाँसीबाट प्रभावित भाइ समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भनेर लागेका थिए । आदिकविले नेपाली भाषा संस्कृति लगायत विभिन्न क्षेत्रमा पु¥याउनु भएको योगदानहरूको बारेमा प्रशंसा गर्दै आदिकवि भानुभक्तको बारेमा कविता समेत वाचन गरेर सुनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू