अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

न्यूह्यामसायरमा २०६औं भानु जयन्ती भव्यरूपमा सम्पन्न

ईश्वरी भट्ट २०७६ असार ३० गते १०:४३ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा २०६औं भानु जयन्ती न्यूह्यामसायरको हुक्सेट लाइब्रेरी हुक्सेटमा यही जुलाई १३ तारीख़ २०१९ शनिवार भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रम आसन ग्रहण पश्चात् पण्डित मधु सुधन अधिकारीबाट मंगलाचरण , दुवै देशका राष्ट्रिय गान एवं आदिकवि भानु भक्त आचार्यको फोटोमा पुष्प गुच्छा अर्पण गरी सुरु गरिएको थियो। संस्थाका अध्यक्ष कृष्ण कुमार गिरीको सभापतित्व र अनेसासका केन्द्रीय सचिव लाल गोपाल सुवेदीको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रम, गजलकार तथा एन आर एन भाषा साहित्य उप समितिका सदस्य महेश्वर पन्त , सोही समितिका सदस्य – अनेसास विओटी पुरस्कार समिति सदस्य एवं संस्थाका प्रधान सम्पादक ईश्वरी भट्ट, एन आर एन आइ सी सी अनररी सदस्य शिव कुमार राई र पूर्व च्याप्टर अध्यक्ष तथा के स अग्नि प्रसाद पराजुलीहरूको विशेष आति्थ्यता रहेको थियो। 

कार्यक्रम ईश्वरी भट्ट( ऑफ्नो र गोपाल भण्डारीको कविता बॉचन) , लाल गोपाल सुवेदी, कृष्ण कुमार गिरी, हरि मॉया अधिकारीले, हरि कुमारी गुरुङ, अग्नि पराजुली, तारा नेयौपानेहरूले ऑ- ऑफ्ना रचना वॉचन गर्नु भएको थियो भने महेश्वर पन्तले मिठो गजल तथा हरि मॉया अधिकारीले सॉड॰गितीक कार्यक्रमबाट सबैलाई नचाउनु भएको थियो । वाद्यवादनमा प्रेम सागर खतिवडा र मधु सुधन अधिकारीले सघाउनु भएको थियो। वाल नृत्यकार आन्या वैद्यले रोचक नाच प्रस्तुत गरेकी थिइन।

कार्यक्रमका विशेष अतिथि केन्द्रीय सचिव वाल गोपाल सुवेदीले भानु भक्तको देन बारे चर्चा गर्दै, अनेसास न्यूह्यामसायरले उल्लेखनीय काम गरेको र कतिपय काम केन्द्रीय स्तरका रहेका बताउनु भएको थियो।

संस्थाको उपाध्यक्ष हरि मॉया अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।डा. पुष्प जोशीले कार्यक्रमको कल्चर बारे ऑफ्ना धारणा राख्नु हुँदै चिनियाँ भाषाको कविता सुनाउनु भएको थियो । उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ केन्द्रीय सदस्य एवं गुरुङ समाजकी अध्यक्ष क्षेत्र कुमारी गुरुङ, च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपाली समाजका महासचिव राम चनाद्र भण्डारी, डा. पुष्प जोशी,संस्थाकी सह- कोषाध्यक्ष सुस्मिता पौड्याल , गै. आ. ने. स. च्याप्टर सचिव कमल ढुङ्गाना, मैया ढुङ्गाना र वेकी फिल्ड लगायत थुप्रै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति अध्यक्ष कृष्ण कुमार गिरीले संस्थाले यस कार्यकालमा गरेका कामको चर्चा गर्दै द्वितीय च्याप्टर सम्मेलनको वेला भए गरेका कामको पूनश्मरण गराउँदै भाषा साहित्यको महत्त्व बताउनु भएको थियो। संस्थाका संरक्षक उमेश कोइरालाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै प्रधान सम्पादकको ६ वर्ष सम्मको अथक परिश्रम र लगानीको उच्च मुल्याङ्कन गर्नु भएको थियो। कार्यक्रम संस्थाकी सदस्य हरि कुमारी गुरूड॰ ले सञ्चालन गर्नु भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू