अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

गायक आदित्य नारायण नेपालमा, विमानस्थलमै गाए ‘यो गाउँको ठिटो म‘’

बिआरटीनेपाल २०७६ असार २१ गते ९:५४ मा प्रकाशित

चर्चित एवं लोकप्रिय गायक उदितनारायण झाका छोरा एवं गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । नेपाल आएलगत्तै उहाँले त्रिभुवन विमानस्थलमा गीत गाउनुभयो । उहाँले नेपाली शुभचिन्तकहरुको लागि भन्दै आफ्नै बुवाको स्वरमा रहेको ‘यो गाउँको ठिटो म’ बोलको गीत गाउनुभएको हो ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफू धेरै वर्षपछि नेपाल आउन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । धेरै वर्षपछि नेपाल आएको भएता पनि अब भने नियमित नेपाल आउने उहाँको भनाइ छ ।

क्लब फरेनहाइटमा आयोजित कार्यक्रमका लागि आदित्य शनिबार दिउँसो नेपाल आउनुभएको हो । कसन्र्टमा उहाँले बिभिन्न नेपाली गीतहरु गाउनुभएको थियो । शनिबार साँझ सम्पन्न कन्सर्ट सकेर झा आइतबार मुम्बई फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया