अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

युरोपियन युथ–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जित्यो

बिआरटीनेपाल २०७६ असार १६ गते १०:०२ मा प्रकाशित

युरोपियन युथ–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ ।ईटालीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ ले हराउँदै स्पेनले २१ वर्ष मुनीको युरोपियन च्याम्पियनसिप जितेको हो ।

खेलमा स्पेनलाई विजयी गराउन फावियन रुइज र ड्यानीयल ओल्मोले एक–एक गोल गरे । पराजित टोली जर्मनीका अमिरले एक गोल फर्काए ।

गएरातिको जितसँगै स्पेनले उमेर समूहको यही प्रतियोगितामा सन् २०१७ को फाइनलमा जर्मनीसँग बेहोरेको हारको बदलासमेत लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू