अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

‘ग्याङनम स्टाइल’गायकमाथि यौनधन्धा तथा लागुऔषधको आरोप

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३३ मा प्रकाशित

‘ग्याङनम स्टाइल’बोलको गीतबाट संसारभर चिनिएका कोरियाली पपस्टार पार्क जाए साङमाथि यौनधन्धा, लागुऔषध कारोबारीको आरोप लागेको छ । साइ नामले चिनिने पपस्टारलाई प्रहरीले यसबारे अनुसन्धान गरेको कोरियाली संचारमाध्यमहरुले जनाएका छन् ।

व्यवसायकै रुपमा वेश्यालय स्थापित गरेको भन्दै साईलार्ई प्रहरीले गत साता सोधपुछ गरेको थियो । गायक पार्क जाए साङले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । कोरियाको ग्याङनम सहरमा केही वर्षयता ठूलो व्यवसायकै रुपमा फैलिँदै गरेको रात्रीजीवनकै बीच अवैध धन्धा पनि हुँदैआएको बताइन्छ ।

यसबारे बिबिसीले तयार गरेको एक रिपोर्टमा पपस्टार साङको पनि उक्त अवैध धन्धामा संलग्नता रहेको बताइएको छ । क्लब तथा होटलमा युवतीहरुलाई यौनधन्धामा बाध्य पारिँदै भिडियो उत्पादन समेत हुने गरेको बताइएको छ । यस क्रममा पपगायक साइसँगै अन्य केही सेलिब्रिटीमाथि पनि आरोप लागेको छ ।

प्रतिक्रिया