अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

आर्थिक बर्ष २०७६/ ०७७ को बजेट बहुमतले पारित

बिआरटीनेपाल २०७६ असार १० गते ९:३५ मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव राख्नुभएको थियो । बैठकको बहुमतले बजेट पारित गरेको हो ।

आर्थिक वर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री खतिवडाले संसद्मा कुल १५ खर्ब ३२ अर्बको बजेट पेस गर्नुभएको थियो । आगामी वर्षका लागि चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको थियो ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ ।सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू