अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

शिल्भा र रेनी मिस्टर एन्ड मिस एसईई ग्ल्याम घोषित

बिआरटीनेपाल २०७६ असार ६ गते ८:५६ मा प्रकाशित

काठमाडौँ – ‘मिस्टर एन्ड मिस एसईई ग्ल्याम २०१९’को शीर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन् । शिल्भा मोष्ट ट्यालेन्ट, वेस्ट र्याम्पवाक उपाधि सहित केटा तर्फको विजेता छानिदा रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र वेस्ट स्किन उपाधि सहित केटी तर्फको शीर्ष विजेता घोषित भइन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा केटा तर्फ सिमोन तामाङ मस्टफोटोजेनिक, म्यानेजमेन्ट च्वाइस् सहित फस्ट रनर अप, प्रतीक केसी बेष्टपर्सनालिटी सहित सेकेन्ड रनर अप र अनित राई फेसबुक च्वाइस् सहित थर्डरनरअप घोषित भए । प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारे ।

त्यस्तै केटी तर्फ शुभेच्छा वाग्ले वेस्ट र्याम्पवाक र मष्ट फोटो जेनिक सहित फष्टरनरअप, कृपा ढकाल मिस ट्यालेन्ट सहित सेकेन्ड रनर अप र स्वस्तिमा खड्का वेस्ट स्माइल सहित थर्डरनरअप विजेता विजेता बने ।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा केटीतर्फ सृष्टि कला राई मष्टपपुलर, वर्षा बोहरा फेसबुक च्वाइस्, बेष्टडान्स र युट्युब बेष्टभ्युज, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्टहेयर, सुस्मिता रानाभाट वेस्ट डिस्पिलिन, अन्जना रावल बेष्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, बेष्टसिंगर स्मृति पौडेल बन्न सफल भए ।

अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा सङ्गीतकार सरोज प्याकुरेल, अभिनेता गजित विष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कुलका संस्थापक पूर्ण लामा, मिसेस् नेपाल इंटरनेशनल तथा मिसेस् एसिया प्यासिफिक चन्दा थापा गिरी रहेका थिए ।

एसईई दिएर बसेका केटाकेटीको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रीति कार्कीले जानकारी दिइन् । विभिन्न साङ्गीतिक कार्यक्रम सहित प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया