अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

‘मोडल हन्ट नेपाल’ को पाँचौँ संस्करण सुरु

बिआरटीनेपाल २०७६ असार १ गते १२:०९ मा प्रकाशित

काठमाडौँ – नेपालको मोडलिङ सम्बन्धी सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौँ संस्करण सुरु भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । 

प्रिपिएर फर इनिसियसन’ अर्थात् ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरूलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरी देश तथा विदेशमा मोडलिङ सम्बन्धी विभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

पाँचौँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले ३०० बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरी दर्जनौँ व्यावसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।

‘मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा सञ्चालन हँुदै आएको उत्कृष्ट प्रतियोगिता हो । विगत ५ वर्षदेखि नेपालमा पनि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । 

‘मोडल हन्ट नेपाल २०१९’मा भारतका चर्चित फेसन कोरियोग्राफर अभिमन्यु सिंह तमोर समेत आबद्ध भएका छन् । ल्याक्मे फेसन विक लन्च प्याड, एशियन फेसन अवार्ड, एसिया डिजाइनर विक, एसिया लाइफ स्टाइल विक, दुबई फेसन सो लगायत दर्जनौँ अन्तर्राष्ट्रिय प्रतियोगिताका मुख्य कोरियोग्राफर भएर काम गर्दै आएका तमोर यो प्रतियोगिताको यस वर्षका मुख्य प्रशिक्षक पनि हुन् ।

नेपाली प्रतियोगितामा अन्तर्राष्ट्रिय कोरियोग्राफरको उपस्थितिले नेपालका मोडललाई अन्तर्राष्ट्रिय बजारको बिस्तार एवं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यातना पाण्डेले प्रस्ट पारिन् । 

जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगष्टमा पुगेर सकिने छ । प्रतियोगितामा सहभागिताका लागि नेक्स्ट मोडल नेपालको केन्द्रीय कार्यालय टेकु (अटोल्याण्ड भवन) अथवा आधिकारिक वेभ साइट www.nextmodelsnepal.com बाट समेत आवेदन भर्न सकिनेछ ।

प्रतियोगिताका विजेताले लब्जरी ब्रान्ड मोडल अवार्ड कोरिया, पुने फेसन विक, मिस्टर ओसियन, सुपर मोडल ग्लोव जस्ता उत्कृष्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा समेत आयोजकले अवसर प्रदान गर्नेछ ।
नेपालकै पहिलो फेसन टिभीसम्म अनुबन्धित भएको यो प्रतियोगीमा १६ देखि २८ वर्षसम्मका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि युवाका लागि ५ फिट ८ इन्ट र युवतीका लागि ५ फिट २ इन्च कम्तीमा पनि हाइट हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया