अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

रामप्रसाद खनालको रिलिज भयो दुलाहा दुलहीको भिडियो

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ७:२३ मा प्रकाशित

भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको विकास र प्रवर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको विशेष लोक दोहोरी एलबम “दुलाहा दुलही” रिलिज गरेका छन् ।

युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरीय, सुनिरहूँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने प्रकारको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरूका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एलबममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्ण कला बिसीले । सङ्गीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको सङ्गीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिष् अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शङ्कर बिसीले कोरियो ग्राफ गरेकाछन ।

शङ्कर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरूको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।

लोकप्रिय र अग्रज हास्य कलाकारद्वय किरण केसी र शिव हरी पौडेलको विशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र विवाहको पार्टीमा सदाबहार रूपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, सङ्गीत र एरेन्ज सबै पक्ष अबल छन् यो गीतमा । 

रामप्रसाद खनाल त्यस्ता लोक गायक हुन जो सधैँ अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक गीत गाउँछन् त्यसैले उनलाई पर्खेर बस्छन् दर्शक श्रोताहरू । हाल सम्म ४७ वटा एलबम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरू प्रकाशित प्रसारित छन् । नेपाली भाषा, साहित्य, कला, गीत सङ्गीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्छन् तर अमेरिकाबाटै पनि आफ्नो पेसागत कर्म र धर्म बजारिराखेका उनको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुनेखालको छ । सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौँ नाचौँ लाग्ने खनालको यो पञ्चेबाजा को लोक दोहोरी गीत सदाबहार गीत हुने विश्वास गर्न सकिन्छ ।

पञ्चेबाजाको विशेष लोक दोहोरी एलबम “दुलाहा दुलही” को रिलिज सँग सँगै अग्रज लोक गायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरूलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन् । उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL ( https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber ) मा गएर Subscribe गर्नेहरू मध्येबाट लक्की ड्र मार्फत तिनजनालाई प्रथम, द्वितीय र त्रितियलाई पचास हजार, तिस हजार, बिस हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एक लाख Subscriber नाघ्नासाथ मिडियाहरूबाट गरिने छ ।

गत दुई वर्षमा १९ वटा लोकप्रिय गीतहरू गाएका खनालले आफ्ना केही गीतहरू आफ्नी छोरी सुस्मा खनाललाई प्रोत्साहित गर्नका लागि ( SUSMA KHANAL) को एकाउन्ट बाट रिलिज गरेर छोरीका Subscriber करिब दुई लाख पुर्‍याएका छन् । छोरी सुस्मा खनाल उनको नाच, अभिनय, गायन र क्षमताका कारण संसार भर प्रसिद्ध भएकी छन् । सुस्मा खनालका भिडियोहरू यो लिङ्क https://www.youtube.com/user/susmausa/videos मा उपलब्ध छन् भने रामप्रसाद खनालका गीतहरू यो लिङ्क https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber मा गएर हेर्न सकिन्छ । खनालले यस पटक पञ्चेबाजाको विशेष लोक दोहोरी एलबम “दुलाहा दुलही” गीतको भिडियो भने आफ्नै एकाउन्ट बाट रिलिज गरेका छन् । बरु तपाईँ पनि राम प्रसाद खनालको युट्युब एकाउन्ट मा गएर Subscribe गर्नेकी ! Subscribe गर्दा एक लाख पुरस्कार तपाईँलाई पनि त पर्न सक्छ होइन र ? हेर्नुस् रामप्रसाद खनालको पञ्चेबाजाको विशेष लोक दोहोरी एलबम “दुलाहा दुलही” गीतको भिडियो यस्तो छ:

प्रतिक्रिया