अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामै सबैभन्दा सुदृढ रहेको अर्थमन्त्रीको दाबी

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:४५ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गर्नुभएको छ । उहाँले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पार्नुभयो ।

पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा राम्रो रहेको मन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रने सम्भावना बढेर गएको समेत बताउनुभएको छ ।

मंगलबार काठमाडौँको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उहाँले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पुर्याउने घोषणा पनि गर्नुभयो ।

सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू