अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

२७ एलबम सार्वजनिक गरेर वर्ल्ड रेकर्ड बनाउने प्रयास

समुएल कैनी २०७६ जेठ २० गते १८:३० मा प्रकाशित

‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुङ्गा’ जस्ता चर्चित गीतका गीतकार बी.बी थापाले एकै पटक २७ वटा म्युजिक एलबम सार्वजनिक गरेका छन्। होटेल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितिमा २७ ओटा एलबमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो। 

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एलबम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने गीतकार थापाको प्रयास रहेको छ।

२७ वटा एलबममा विभिन्न चर्चित र नयाँ कलाकारहरूले आफ्नो स्वर दिएका छन्। गीतकार बी.बी थापाको एकल शब्द, मनोज चौलागाईको एकल सङ्गीतमा रहेको एलबम ‘ मायाको डुङ्गा ‘ मा भने नव गायक कौशल राज खड्काको एकल स्वरमा रहेको छ।

कति हात, सम्बन्ध, राजधानी, लभर ब्वाई, चन्द्रागिरि हिल बोलका ५ वटा गीत यस एलबममा समावेश छन् । एलबमको एउटा गीत ‘कति हात’ को यसअघि नै भिडियो निर्माण गरी सार्वजनिक गरिसकिएको छ। बी बी थापा इन्टरटेन्मेन्टको निर्माणमा एलबम तयार पारिएको हो। 

प्रतिक्रिया