अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

डलासमा उभौली रौनक

दिवस कोयू २०७६ जेठ ७ गते १०:२३ मा प्रकाशित

डालास, नेपाली समुदाय यतिखेर अमेरिकामा उभौलीको रौनकमा रौसिएका छन् । येलेदोङ् ५०७९को अवसरमा किराँत राई सोसाइटी अफ अमेरिका टेक्सस च्याप्टरको आयोजना मे १८ मा उभौली साकेला आयोजना भएको हो । यो विभिन्न सङ्घ-संस्था र समुदायको सहभागिता तथा ऐक्यवद्धत भएको पहिलो औपचारिक उभौली साकेला हो । सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना आदान-प्रदान गर्दै किराँत राई सोसाइटी अमेरिका टेक्सस च्याप्टरले डलासमा उभौली आयोजना गरेको अध्यक्ष दिलीप राईले बताउनुभयो । 

नेपाली इतिहास र पहिचानलाई अमेरिकामा जोगाई राख्न उभौली/उधौली चाडलाई भव्य रूपमा संस्थाले विभिन्न सहरहरूमा मनाउँदै आएका बताउँदै प्रमुख अतिथि मणि वाङ्देलले भन्नुभयो, ‘हाम्रा सांस्कृतिक, प्रथाजन्य सामाजिक परम्परा, मूल्य र मान्यताका तथा विविधतालाई गाँसेर सामाजिक सद्भाव फैलाउँदै जानु पर्छ ।’

‘बालकदेखि वृद्धासम्म एउटै लहरमा गोलाकार बनाइ सामूहिक रूपमा नाचिने नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको छ ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र राईले भन्नुभयो, ‘हाम्रा संस्कार संस्कृति र पहिचानले हामीबिचका सामाजिक, सांस्कृतिक विविधताको अनुपम एकता र प्रगाढता बढाएको छ ।’ 

प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रन्ने प्रकृति पुजक किराँत समुदायको विश्वास रही आएको छ । साकेला थानमा पितृ र भूमिको पूजा गरेपछि साकेला सिलीको भाकामा हात र खुट्टाले भाका सिली टिप्दै साकेला नाच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख र अन्नबाली भित्रयाउने बेला मङ्सिर पूर्णिमामा २ पटक मनाउने चलन छ ।

मे २५ मा किराँत राई सोसाइटी अफ अमेरिका न्यूर्योक च्यापटरलेसमेत न्यूर्योकको क्युन्सब्रिज पार्कमा उभौली आयोजना गर्दैछ । 

प्रतिक्रिया