अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

अमेरिकामा सञ्चारकर्मी अनिता सिलवाललाई ‘सी नोज ह्वेयर सी इज गोइङ्ग‘ पुरस्कार

बिआरटीनेपाल २०७६ जेठ ५ गते ९:५८ मा प्रकाशित

सञ्चारकर्मी अनिता सिलवाललाई सन् २०१९ को प्रतिष्ठित ‘सी नोज ह्वेयर सी इज गोइङ्ग‘ She Knows Where She’s going पुरस्कार प्रदान गरिएको छ ।

फ्लोरिडाको गल्र्स इन्क लेकल्याण्ड र बार्टोद्धारा आयोजित कार्यक्रममा ९ जना महिलाहरू अन्तिम मनोनयनमा परि छनोट भएका थिए । कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा माथिल्लो तहसम्म पुग्न सफल व्यक्तित्व, व्यक्तिगत, शैक्षिक र व्यावसायिक रूपमा सफल महिलाहरू र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याई आफ्नो विधामा उत्कृष्ट हुनेहरूलाई यो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा अनिताको सफलताको यात्रा सुनेर धेरैका आँखा रसाएका थिए ।

नेपालमा बालकलाकार देखिको सफल सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको हो । अनिताले हालै नयाँ खोज तथा प्रविधिमा (इनोभेसन र टेक्नोलोजी)मा स्नातकोत्तर पुरा गरेकी छिन् । अनिता संसारको बालिकाहरूका लागी एक प्रेरणा भएको आयोजकले बताएका छन् ।

पुरस्कार (अवार्ड)ले आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको अनिता बताउँछिन् । कार्यक्रममा अन्तिममा पुगेका ९ जना मध्ये तीन विजेतालाई निर्णायक हरूले छानेका थिए । विजेताहरूलाई प्रमाणपत्र सहित हस्त निर्मित क्रिस्टल बोल प्रदान गरिएको थियो । “नेपालबाट आएर यहाँका उत्कृष्ट महिलाहरूसँग मनोनयन मा पर्नु नै मेरो लागी सम्मान थियो । विजेताको पुरस्कार पाउँदा म सबै प्रति कृतज्ञ छु र नेपाल र नेपालीलाई चिनाउन पाएकोमा धेरै गर्व गरेकी छु ।”

विजेता पुरस्कार ग्रहण गरेपछि अनिताले नेपाल र अमेरिकाका मात्र नभई विश्वका बालिकाहरूका लागी शैक्षिक र सञ्चार क्षेत्रबाट योगदान पुर्याईरहने प्रतिबद्धता व्यक्त गरिन् । अनिता वेलकम वुमनहुड नामक संस्थाकी संस्थापक हुन् । संस्थाले नेपाल, अमेरिका, र केन्यामा कार्य गरिरहेको छ । होम टाउन सिरोज नामक कार्यक्रम प्रस्तोता र निर्माता रहेकी सिलवालले हालै मात्र प्रसिद्ध मूर्तीकार फोरेरेष्ट माएरस्सँग कार्यक्रम गरेकी थिइन् । माएरस्को प्रसिद्ध कलालाई अन्तरिक्ष यान अपोलोबाट चन्द्रमामा लगिएको थियो । सिलवाल हाल फ्लोरिडाको सिटी अफ विन्टर हेभेनकी वरिष्ठ सहर योजनाकारका रूपमा समेत कार्यरत छिन् । 

प्रतिक्रिया