अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की क्यानेस चलचित्र महोत्सवमा सहभागी हुने

बिआरटीनेपाल २०७६ जेठ ४ गते ६:४१ मा प्रकाशित

नायिका प्रियंका कार्की फ्रान्समा हुने क्यानेस चलचित्र महोत्सवमा सहभागी हुनुहुने भएको छ । विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने क्यानेस चलचित्र महोत्सव – २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै कार्की फ्रान्समा जान लाग्नुभएको हो ।

मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छ । क्यानेस चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन् । कार्यक्रम फ्रान्सको क्यानेसमा हुँदैछ ।

प्रतिक्रिया