अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

अमेरिकाले चार हजार प्रकारका चिनियाँ वस्तुमा कर बढाउँदै , सामानको सूची तयार

बिआरटीनेपाल २०७६ जेठ २ गते ७:१४ मा प्रकाशित

चीनविरुद्ध अमेरिकाले ‘ट्रेड वार’लाई अगाडि बढाउँदै लगेको छ । ४००० प्रकारका चिनियाँ वस्तुमा कर लगाउनका निम्ति तिनको सूची सोमबार तयार गरेको अमेरिकी व्यापार प्रतिनिधिले बताएका छन् । अब यी वस्तुमा २५ प्रतिशत आयात शुल्क लाग्नेछ ।

अहिलेसम्म चीनबाट अमेरिका जाने सामान विशेषगरी कम्पनीहरुले खरिद गर्दै आएका थिए । तर अब अमेरिकाले दैनिक आवश्यकताका सामानमा पनि कर वृद्धि गर्ने भएको छ ।

ट्रम्प प्रशासनले ३०० अर्ब डलरसम्मको आयातमा कर बढाउने निर्णय गरिसकेको छ । दुई देशका प्रतिनिधि बसेर गरेको ट्रेड डिलले पनि कुनै निष्कर्ष दिन सकिरहेको छैन । वार्ता निकै सुस्त गतिमा अघि बढिरहेको राष्ट्रपति ट्रम्पले नै बताइसकेका छन् ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चीनबाट निर्यात हुने लगभग सबै प्रकारका वस्तुमा कर लगाइने अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि, केही अत्यावश्क औषधिजन्य उत्पादन, स्वास्थ्य उपकरण तथा मिनरल्सलाई भने करको दायराबाट बाहिर राखिएको छ ।

कर बढ्ने सामानहरुको सुची
हाउसवेयर्स
किचेनवेयर्स
एलईडी ल्याम्प्स
फ्ल्याग्स
माइक्रोवेब ओभन्स
पर्दा
कफी मेकर्स
बेड सिट
क्लोथिङ्स
स्वेटर
फुटवेयर्स(सबै प्रकारका जुत्ता)
ब्रा
सनग्लासेज
विग्स
टिसर्ट्स
ट्रयाक सुट्स
स्मार्टफोन
फ्ल्याट प्यानल टेलिभिजन
कपियर्स एन्ड फ्याक्स मेसिन
भिडियो क्यामरा
लिथियम इयर ब्याट्री
किबोर्ड्स
लाउडस्पिकर्स
स्पोर्टिङ गुड्स
गल्फ क्लब्स
वाटर स्किज तथा अन्य वाटर स्पोर्ट्स उपकरण
साइकल पार्ट्स
फिसिङ रड्स
मिलिट्री राइफल्स, सटगन्स एन्ड पार्ट्स
रकेट लन्चर्स
अन्य
ग्रिटिङ कार्ड्स
आर्टिफिसियल फ्लावर्स
फ्ल्यासलाइट
पेन

अमेरिकाले गत वर्ष सुरु गरेको ट्रेड वारका कारण चिनियाँ अर्थतन्त्रमा नराम्रो असर पर्न थालेको छ । विवाद सुल्झाउन दुई देशका प्रमुखहरु आमनसामने बसेका छैनन् । आ–आफ्ना प्रतिनिधिमार्फत् छलफल चलाएका छन् । दुई शक्तिराष्ट्रबीचको विवादले उदाउँदा तथा अल्पविकसित र अविकसित मुलुकहरुमा समेत असर पर्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू