अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

गण्डकी प्रदेशमा स्वरोजगार तालिमको ४० प्रतिशत मात्र खर्च

बिआरटीनेपाल २०७६ जेठ १ गते ६:३७ मा प्रकाशित

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५र७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख उक्त शीर्षकमा छुट्टाइएको थियो। आव सकिन दुई महिना छँदा विनियोजित रकमको आधाभन्दा कम मात्र खर्च भएको मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीले जानकारी दिनुभयो ।

विनियोजित रकममध्ये करीब रु ६ करोड ५३ लाख तालीममा र रु तीन करोड सीपमा आधारित बैंक सम्झौताअन्तर्गत ऋण ब्याजमा सहुलियत दिने गरी छुट्टाइएको थियो। बैंकको ब्याजमा ७५ प्रतिशत सहुलियत मन्त्रालयबाट दिने कार्यबिधिमा उल्लेख भए पनि सो रकमको सदुपयोग हुन नसकेको हो । तालीम लिनेहरू नै स्वरोजगार बनून् भन्ने उद्देश्य मन्त्रालयले राखे पनि तालीम लिएकाहरू कोही पनि ब्याज सहुलियतका लागि नआएको उपसचिव तिवारीले जानकारी दिनुभयो ।

मन्त्रालयमा माग भएका तालीममा सिलाइकटाइ, शृङ्गार, ढाका बुनाइ, भाङ्ग्रा बुनाइ, बुटिक, प्लम्बिङ, हाउस वाइरिङ, सिन्केधूप, क्रिष्टल माला, छ्वालीका सामान, गुडिया निर्माण, बेतबाँसका सामान, मेकानिक्स, गाडी मर्मत, कपाल काट्ने लगायत सीपमूलक तालीम छन्। साथै कानुनी सचेतना कार्यक्रममा समेत बजेट माग हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू