अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

एनआरएनए अमेरिकामा: युवा संयोजकका प्रत्याशी कुसियैत यस कारण एकाएक चर्चामा

बिआरटीनेपाल २०७६ वैशाख ३० गते १४:०० मा प्रकाशित

आगामी “मे” मा हुने गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को युवा संयोजकमा अमेरिकामा बस्दै आएका सुनसरीका प्रितम कुसियतले उम्मेदवारी दर्ता गराई सकेपछी उनी एकाएक चर्चामा आएका हुन्।

अध्यक्षका प्रत्यासी सञ्जय थापा र सूर्य लम्सालको समहुले नै कुसियतलाई साझा उम्मेवार बनाउने सहमति गरे पछि उनको चर्चा चुलिएको हो। संभवत: एनआरएनको चुनावी मैदानमा यस्तो भने पहिलो पटक भएको हो। कुसियैतसँग अरू उम्मेदवार भन्दा क्षमता ,विज्ञता, योग्यता, क्रियाशीलता तथा भिजनका हिसाब ले धेरै माथि भएका कारण उनलाई अध्यक्षका प्रत्यासी सञ्जय थापा र सूर्य लम्सालको समूहमा अटाउन सफल भएको अरू सदस्य बताउँछन्। क्षमताको हिसाबले हेर्ने हो भने उनले २४ वर्षकै उमेरमा “युएसए आइटी कर्पोरेसन” नामक आफ्नो कम्पनी स्थापना गरेर धेरैलाई रोजगारी प्रदान गरिराखेका छन्।

योग्यता पनि उनको अब्बल छ। २००८ मा विद्यार्थी भिसामा अमेरिका छिरेका उनले “एम बि ए” सम्मको अध्यनन गरिसकेका छन् ।

युवा संयोजकका प्रत्याशी कुसियतले अमेरिका भरी छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्नु पर्ने बताए । कुसियैतले भने “युवा वर्गको टेक्नोलोजी व्यवसाय र प्राज्ञिक क्षमतालाई विकास र विस्तार गर्नु मेरो प्राथमिकता हुनेछ ।”

“व्यक्ति, परिवार, समुदाय, संस्था, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको ठुलो भूमिका रहेको हुन्छ र युवा शक्ति विकासका लागि आवश्यक ऊर्जाका स्रोत हुन् । त्यसैले एनआरएनएमा युवा नेतृत्वको कमी मैले देखिरहेको कारण एनआरएनएको युवा संयोजकमा उम्मेदवारी दिएको हु ” उनले बताए ।

प्रतिक्रिया